Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन फ्लेक्स १८ औँ वर्षमा प्रवेश, विशेष सहुलियतसहित सेवा विस्तार

चितवन फ्लेक्स १८ औँ वर्षमा प्रवेश, विशेष सहुलियतसहित सेवा विस्तार

भरतपुर : नारायणगढस्थित कमलनगरमा रहेको चितवन फ्लेक्स (चितवन डिजिटल फोटो एन्ड फ्लेक्स प्रिन्ट) १८ औँ वर्षमा प्रवेश गरेको छ। २०६५ साल जेठ ९ गते २ वटा मेसिनसहित सुरु भएको यस व्यवसायमा हाल अत्याधुनिक ४ वटा मेसिन र १५ जना दक्ष जनशक्ति कार्यरत छन्।

चीन र जापानबाट करिब १५ लाख रुपैयाँ बराबरका मेसिन ल्याएर सञ्चालक गुणराज दाहालले यो व्यवसाय सुरु गरेका थिए। चितवनमा पहिलोपटक १० फुटे र ६ फुटे मेसिनमार्फत सेवा दिने चितवन फ्लेक्स अहिले मेला–महोत्सव, संघसंस्था, बैंक तथा विभिन्न सभा–समारोहका लागि व्यानर, स्वागतद्वार, लाइट बोर्ड, रिफ्लेक्टिभ बोर्डलगायतका सेवामा अग्रणी बनेको छ।

वार्षिकोत्सवको अवसरमा सबै सेवामा विशेष सहुलियतको व्यवस्था गरिएको सञ्चालक दाहालले जानकारी दिए। उनका अनुसार चितवन फ्लेक्समा व्यानर प्रिन्ट, फोटो प्रिन्ट, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, लाइट बोर्ड, होडिङ बोर्ड, वान–भिजन, फ्रेम फिटिङ, २डी–३डी बोर्ड, एलइडी बोर्ड लगायतका सुविधा उपलब्ध छन्।

फोटोग्राफीमा रुचि भएका दाहालले यसअघि कालिका नगरपालिकास्थित खोलेसिमल बजारमा दियालो फोटो स्टुडियो सञ्चालन गरेका थिए। त्यसपछि संयुक्त अरब इमिरेट्स र सिंगापुरमा करिब ६ वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका उनले आधुनिक शैलीमा चितवन फ्लेक्स सुरु गरेका हुन्।

सुरुवाती अवस्थामा साथीभाइको सहयोग र जनसम्पर्कका कारणै व्यवसायले चाँडै सफलता पाएको दाहालको अनुभव छ। “गुणस्तरीय र सुपथ मूल्यको सेवा र ग्राहकलाई पारिवारिक वातावरण दिनु नै हाम्रो विशेषता हो,” उनले बताए।

व्यवसायसँगै दाहाल सामाजिक सेवामा पनि सक्रिय छन्। दिन–दुःखीलाई सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, उपचार खर्च सहयोगलगायतका परोपकारी कार्यमा संलग्न हुँदै आएका उनी श्रीरामजानकी बालिका आश्रम चितवनका जिल्ला संयोजक तथा आमाको घर, इस्कोन नेपाल, मानव सेवा आश्रमका आजीवन सदस्य समेत हुन्।

त्यसैगरी व्यावसायिक रूपमा उनी चितवन मार्केट, आरम्भ कलेज, मौलाकालिका अस्पताल, दर्शन हस्पिटालिटी, इनोभा हस्पिटल, वज्रमादी हाइड्रोपावर, सिएमटी एडभरटाइजिङ, स्मार्ट ग्रुप लगायत संस्थासँग आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट