Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कन्या गुरुकुलमा लायन्स क्लब अफ चितवन राईजको खाना खुवाउने कार्यक्रम (फोटो फिचर)

कन्या गुरुकुलमा लायन्स क्लब अफ चितवन राईजको खाना खुवाउने कार्यक्रम (फोटो फिचर)

चितवन, भाद्र ४ : लायन्स क्लब अफ चितवन राइजले तीजको अवसरमा देवघाटको कन्या गुरुकुलमा खाना खुवाएको छ । क्लबले देवघाटको गार्गी कन्या गुरुकुलमा तीजको अवसरमा खाना खुवाएको हो ।  अधिकारीले क्लबको नयाँ नेतृत्वको पदस्थापनको अवसर पारेर खाना खुवाएको क्लबका अध्यक्ष शिरिष पन्तले बताउनुभयो । आफ्नो कार्यकालमा सामाजिक कामलाई अघि बढाएर जनहितमा केन्द्रीत गर्ने अध्यक्ष  पन्तले बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५–आरका गर्भनर नवराज सापकोटाले लायन्स क्लबको कार्यक्रम समाजिक विकासमा केन्द्रीत रहेको बताउँदै आवश्यकताको आधारमा अघि बढ्ने बताउनुभयो । संस्थापक अध्यक्ष नारायण अधिकारीले विश्वब्यापी संजालमा जोडिएको लायन्सले सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । गुरुकुलका महासचिव रामप्रसाद वस्तिले सबैको सहयोगबाट गुरुकुल संचालन गरेको बताउनुभयो ।कार्यक्रममा निबर्तमान गर्भनर दिननाथ न्यौपाने, प्रथम गर्भनर प्रभाकर पण्डित, द्धितिय गर्भनर, दिपेन्द्र खतिवडा, पूर्व गर्भनर सिद्धार्थ लाल चुके , क्याबिनेटका कोषाध्यक्ष विकास पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट