चितवन : नेपाल शैक्षिक परामर्श संघ (Educational Consultancy Association of Nepal – ECAN) चितवन को आयोजनामा पहिलो जेएलसिटी जापानी भाषा स्पिच कन्टेस्ट–२०८२ आइतवार भरतपुरस्थित होटल नारायणी ल्याण्डमार्कमा सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूले जापानी भाषामा आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए। प्रतियोगितामा बान्जाई एजुकेशनल कन्सल्टेन्सीका विद्यार्थी समिर श्रेष्ठ प्रथम, हेल्पफुल एजुकेशनल इन्स्टिच्युटका विद्यार्थी दिपशन पाण्डे द्वितीय, र इमेज इन्स्टिच्युटका विद्यार्थी प्रदिप कंडेल तृतीय भएका छन्। यस्तै, सान्त्वना पुरस्कार सेन्ट्रल कलेज अफ भोकेशनलका विद्यार्थी संकृती क्षेत्रीले प्राप्त गरेकी छन्।
कार्यक्रमको सभापतित्व नेपाल शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष श्री दिपक चन्द्र भट्टराईले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल शैक्षिक परामर्श संघ का केन्द्रीय अध्यक्ष श्री शेषराज भट्टराई उपस्थित हुनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाल शैक्षिक परामर्श संघ का केन्द्रीय महासचिव श्री दिपकराज भुषाल तथा केन्द्रीय प्रथम सचिव श्री भवनाथ हुमागाई सहभागी हुनु भएको थियो।
कार्यक्रमको सञ्चालन श्री विशाल थापा र ऋषी कंडेलले संयुक्त रूपमा गर्नुभएको थियो भने कार्यक्रमको प्रतियोगीहरुको ब्यवस्थापन श्री उज्वल आचार्यले गर्नु भएको थियो । कार्यक्रमको संयोजकत्व श्री प्रज्वल पौडेलले गर्नुभएको थियो।
नेपाल शैक्षिक परामर्श संघ चितवन का अनुसार यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई जापानी भाषा सिक्न थप प्रेरणा दिने, सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्ने र युवा प्रतिभा उजागर गर्ने उद्देश्य लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij