Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

भरतपुर : सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक बिहान ८ः१० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट