Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

तुईन पुल नजिकै ढुंगासहितको पहिरो मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

तुईन पुल नजिकै ढुंगासहितको पहिरो मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

चितवन : चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी अवरूद्व भएको छ । आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो । पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ ।

अबको करिब २-३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजन चितवनले जनाएको छ ।वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध सडक डिभिजनले गरेको छ । भने वैकल्पिक सडक समेत प्रयोग गर्न अपिल गरेको छ । सडक वन्द हुदां मुग्लिन र नारायणगढ तर्फ धेरै सवारी लामवद्व छन् । तस्बिर : सुपरभाइजर ईश्वर क्षेत्री ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट