चितवनः चितवनको नारायणगढमा रहेको साइराम डेण्टल केयरले १० जना लाई निशुल्क डेण्डल इम्प्लाष्ट सेवा उपलब्ध गराउने घोषणा गरेको छ।शनिवार एक पत्रकार समेलन गरि नेपालमा दाँतको इम्प्लाण्ट उत्पादन गर्ने अमेरिकन कम्पनी वायोहोराइजन, डा० अजय डा० सरू फाउण्डेशन र तालवाराही ट्रेडर्स प्रा लि संगको सहकार्यमा पहिलो पल्ट १० वटा इम्प्लाण्ट निशुल्क प्रत्यारोपण गरिने भएको हो ।
डा ० अजय न्यौपाने का अनुसार गरिव तथा असहाय अनि अगाडि तर्फको दाँत नभएर हाँसो गुमेका हरुको हाँसो फर्काउन उक्त अभियानको शुरुआत गरिएको हो। स्माईल फर चितवन फ्रि डेण्टल इम्प्लाण्ट फर दोज हु निड देम मष्ट नाम दिइएको उक्त अभियान विशेषत गरिव असहाय र युवा त्यसमा पनि महिला लाई प्राथमिकतामा राखिने डा न्यौपानेले बताउनु भयो।डा० न्यौपानेका अनुसार एउटा इम्प्लाण्टका लागि ७० हजार देखि १ लाख २० हजार रुपिया सम्म खर्च हुने गर्दछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij