Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

‘राम नाम सत्य’मा व्यवसायी रामेश्वर साह पनि

‘राम नाम सत्य’मा व्यवसायी रामेश्वर साह पनि

चितवनः माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म राम नाम सत्यको बिहिबार शुभसाइत गरिएको छ।चितवनमा विशेष छायाङकन हुने सो फिल्ममा पर्यटन व्यवसायी रामेश्वर साहले पनि डेब्यू गर्ने भएका छन्। फिल्मका मूल पात्रहरुमध्ये व्यवसायी साहको पनि प्रतिनिधी भूमीका रहने जानकारी निर्देशक चन्दले दिए। भने, ‘उहाँले फिल्ममा अभिनय गर्न दिएको सहमतिले हामी पनि उत्साही छौं।’

फिल्म आगामी चैत्रको २७ गते रिलिज गर्ने घोषणा पनि गरिएको छ। फिल्म टिमले सार्वजनिक गरेको पोस्टरमा नायक विराज भट्टलाई एक्सन अवतारमा राखिएको छ।फिल्म राम नाम सत्यमा कलाकारका रुपमा आफ्नो सहभागिताबारे व्यवसायी साहले एउटा रमाइलो संयोगात्मक परिघटनाका रुपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट