चितवन, साउन ३१ : वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यका साथ लायन्स क्लब अफ चितवन राइनो सिटी, लायन्स क्लब अफ चितवन युनिक, तथा लायन्स क्लब अफ चितवन भिस्टाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।रत्ननगर नगरपालिका–३ स्थित कयर खोला किनारमा सम्पन्न उक्त कार्यक्रममा करिब १५० वटा फलफूलका बिरुवाहरू रोपिएका छन्। स्थानिय बासिन्दा र क्लबका सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि रिजन चियर पर्सन लायन पुस्पराज श्रेष्ठ रहेका थिए भने कार्यक्रमको संयोजन लायन हरिकृष्ण खनालले गर्नुभएको थियो। विशिष्ट अतिथिको रूपमा लायन यमन भुसालको उपस्थिति रहेको थियो।त्यस्तै, तीनवटै सहभागी क्लबका अध्यक्षहरू सहित क्लबका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन लायन सुजन कट्टेलले गरेका थिए।कार्यक्रममार्फत वातावरणीय चेतना फैलाउने र हरित क्षेत्र विस्तारमा सशक्त योगदान दिने उद्देश्य रहेको आयोजक क्लबहरूले जनाएका छन्। यस्तो अभियानले भावी पुस्ताका लागि हरित भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij