Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

उवासंघ चितवनका उपाध्यक्ष जातीय विभेदको मुद्दामा दोषी ठहर

उवासंघ चितवनका उपाध्यक्ष जातीय विभेदको मुद्दामा दोषी ठहर

उद्योग वाणिज्य संघ चितवनका एक पदाधिकारी जातीय भेदभाव तथा छुवाछूतजन्य कसुरमा दोषी ठहरिएका छन् । संघका द्वितीय उपाध्यक्ष अशोक अधिकारीलाई उक्त अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सजाय तोकेको छ । अदालतले तीन महिना कैद, ५० हजार रुपैयाँ जरिवाना, २० हजार क्षतिपूर्ति र दुई हजार रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला हिजो गरेको हो ।

गत मंसिरमा भरतपुर महानगरपालिका–२ आँपटारीकी स्थानीय गीताकुमारी राउतलाई समीचोकको पसलमा मादक पदार्थ सेवनगरी उनले अश्लिल शब्दमा विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि अदालतबाट पुस ४ गते पक्राउ पुर्जी जारी भएको थियो ।

केही समय फरार रहेका अधिकारी फागुनमा ५० हजार धरौटीमा छुटेका थिए । हिजो न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले अधिकारीलाई कैदसहितको सजाय गरेपछि पीडित समुदायले केही न्यायको अनुभूति गरेका छन् । अधिकारकर्मी चक्र रुचालले भने, ‘न्यायमूर्ति ध्रुवकुमार ढकालज्यूप्रति सम्पूर्ण कथित दलित समुदायको तर्फबाट धन्यवादसहित आभार प्रकट गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट