Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रत्ननगरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को भव्य तीज कार्यक्रम सम्पन्न

रत्ननगरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को भव्य तीज कार्यक्रम सम्पन्न

रत्ननगर-१, हरिहर बेन्कुटमा आज अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजना तथा अध्यक्ष चन्द्रकला पनेरुको अध्यक्षतामा भव्य तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल रहनु भएको थियो। विशिष्ट अतिथिहरूमा घनश्याम दाहाल, कञ्चन खनाल र संगीत भट्टराई तथा अतिथिहरूमा सुबोध, सर्मिला गोले र मेघनाथ पौडेल रहनु भएको थियो।कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रत्ननगरकी सचिव चन्द्रकला पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सीता नेपालले दिनुभयो।

कार्यक्रममा दिदीबहिनीहरूले आफ्नै रचनामा आधारित मौलिक तीज गीतहरू तथा थारु समुदायको परम्परागत झाम्टा नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक विविधता, मौलिकता र उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।

लगभग ५०० जना महिला दिदीबहिनीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा महिला एकता, सांस्कृतिक संरक्षण र समाजिक सन्देश प्रवाहको महत्त्वपूर्ण अभिव्यक्ति भएको आयोजकले जनाएका छन्।यस वर्षको तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई सहभागीहरूले उत्सवमय, प्रेरणादायी र ऐतिहासिक सफलताका रूपमा स्मरण गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट