Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका जिल्ला सेक्रेटरी खड्का पक्राऊ

कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका जिल्ला सेक्रेटरी खड्का पक्राऊ

चितवन, साउन २८: नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन् । मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेका थिए ।कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका आधारमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

हिजो दुई जना अपरिचित व्यक्तिले लम्सालको अनुहारमा कालोमोसो फ्याकेका थिए । उनीहरुले छाडेको प्रचामा कित्ता काट गर्दा मोटो रकम लिने गरेको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई भूमाफियासँग मिलेर गर्ने गरेको, सेवाग्राहीबाट विभिन्न शिर्षकमा रकम लिएको र कार्यालय समयभन्दा ढिलो कार्यालय आउने गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट