चितवन : नेपाली फिल्म "रिमै" को टाईटल गीत भोलि चितवनमा रिलिज हुने भएको छचितवनको भरतपुर स्थित सिजी ल्यान्डमार्कमा रहेको सिनेप्लेक्सको हलमा दिउसो २ बजे चलचित्र "रिमै" को टाईटल गीत सार्बजनिक गर्न लागिएको फिल्मका निर्देशक दिल बहादुर गुरुङ्गले जानकारी दिनुभयो।
फिल्ममा आदिवासी समुदायको यथार्थ कथा, संस्कृति र चुनौतीलाई प्रभावकारी ढंगमा प्रस्तुत गरिएको छ। फिल्मले आदिवासी समुदायको संस्कृति र रितिरिवाजको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ गुरुङ्गले बताउनुभयो । फिल्मको टाईटल गीत फिल्म निर्देशक टिमसहित दर्शकले निःशुल्क हेर्न पाउनेछन्।शनिबार ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न यालीमा फिल्मका निर्देशकसहितको टिम सहभागी भएको थियो भने भक्तपुरको गाईजात्रामा पनि फिल्मको टिम सहभागी रहेका थिए। अधिकांशले 'रिमै'को टिसर्ट पहिरिएका थिए ।
जसमा केही विदेशी पर्यटकहरू पनि थिए ।दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म 'रिमै' भदौ २० गते देखि प्रदर्शनमा आउने तयारीमा छ ।उपेन्द्र सुब्बाको लेखन रहेको 'रिमै'मा दयाहाङ र रिश्मासहित गौमाया गुरुङ, कविता आले, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, असिम सुब्बा लगायतको अभिनय छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको यो फिल्ममा वीरवल घले कार्यकारी निर्मातामा छन् भने निर्माताहरू टीका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij