चितवन : नेपाली चलचित्र`सावन´को शुभ मुहूर्त गरिएको छ ।बुधबार रत्ननगर-१,निपनिस्थित श्री गायत्री हरिहर मन्दिरमा सो चलचित्रको शुभ मुर्हुत गरिएको हो।सो चलचित्रमा कपिल मगर,आईसा गौतम र बिनिसा शर्मा आचार्यको मुख्य अभिनय रहेको छ। त्यस्तै,लक्ष्मण नेपाल कृष्ण थापा,मुस्कान काप्री,पुजन लामिछाने,बिजय चपाई,गोमा रिजाल,शोभा पान्डे लगायतको अभिनय रहेको छ।
गोज्बम्स फिल्मसको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार कपिल मगरले निर्माण गर्ने भएका हुन् । यसअघि मगरले लिलि र चितवन डायरिज चलचित्रमा काम गरेका छन।कलाकार मगर विगत पाँच बर्ष अघि देखि चलचित्र तथा म्युजिक भिडियो निर्माणमा सकृय रहदै आएका छन। चलचित्रलाई आभाष रानाले निर्देशन गरेका हुन।
रेहान मियाको कथा तथा संवाद रहेको सो चलचित्रमा बिजय चपाई र रवि कोईरालाको छायांकन रहनेछ।चलचित्रको चितवनमा विभिन्न रमणीय स्थान मायाटार,दियालो बंगला,माडी,सौराहा,गोलाघाट लगायतका क्षेत्रमा छायांकन गरिनेछ।
आशिक प्रजापतिको संगित रहेको उक्त चलचित्रलाई रेहान मियाँले सम्पादन गरेका हुन।युवायुवतीको संघर्ष र सफलताको कथालाई आधार बनाएर निर्माण हुन लागेको सो चलचित्रको छायांकन साउन अन्तिम साता बाट हुने निर्माण पक्षले बताएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij