Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन प्रशासनको कडा कदम : ४५ कन्सलटेन्सी भोलिबाट सिल हुने (सूचि सहित)

चितवन प्रशासनको कडा कदम : ४५ कन्सलटेन्सी भोलिबाट सिल हुने (सूचि सहित)

चितवन : आवश्यक कानुनी कागजात नपेस गरेका कारण चितवन जिल्लामा सञ्चालित ४५ वटा शैक्षिक कन्सलटेन्सीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनले कडा कदम चालेको छ। कागजात पेस नगर्ने कन्सलटेन्सीहरूलाई तत्काल बन्द गर्न र उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको हो।

प्रशासनले प्रशासकीय अधिकृत मदन लामा  थिङ द्वारा जारी एक सूचना मार्फत ती कन्सलटेन्सीहरूलाई साउन २२ गतेसम्मका लागि तोकिएको अन्तिम समयसीमा दिँदै, आवश्यक कागजातहरू  जस्तै दर्ता प्रमाणपत्र, नविकरण कागजात, कर विवरण, र कार्यान्वयन सम्बन्धी विवरणहरू  पेस गर्न आग्रह गरेको थियो। तर, ४५ वटा कन्सलटेन्सीले सो समयमा कागजात पेस नगरेको पाइएपछि प्रशासनले कडा निर्णय लिएको हो।जिल्ला प्रशासनको निर्देशनपछि सम्भवत भोलिदेखि चितवन प्रहरीले ती कन्सलटेन्सीहरूमा ताला लगाउने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट