Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन उवासंघले गर्यो चिनिया व्यवसायीसँग लगानी एवम् व्यवसायिक प्रवद्र्धन सम्बन्धी छलफल

चितवन उवासंघले गर्यो चिनिया व्यवसायीसँग लगानी एवम् व्यवसायिक प्रवद्र्धन सम्बन्धी छलफल

२१ साउन , भरतपुर : चितवन उद्योग वाणिज्य संघको सचिवलयमा आज एक कार्यक्रमका विच चिनिया व्यवसायीसँग चितवनको व्यावसायिक विकास एवम् चिनको प्रविधि हस्तान्त्रण सम्बन्धी विषयमा छलफल भएको छ । कार्यक्रममा चितवनको पशुपन्छी पालन सम्बन्धी र तिनका औषधी तथा प्रविधिको सहयोग तथा दुई देशिय व्यापार सम्बन्धी छलफल भएको थियो ।कार्यक्रममा चिनिया व्यवसायीलाई स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले चाइनिज व्यवसायीहरुलाई चितवन पोल्ट्रीको राजधानीको भएको जानकारी गराउँदै उहाँले चितवन लगानीको उत्कृष्ट गन्तव्य भएकोले चिनिया लगानी कर्तालाई चितवनमा लगनी गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै चिनको बेस्ट ट्रेडिङ्ग कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर लियो लि र मेदी बायोटेक्नोलोजी कम्पनी लि. का प्रतिनिधि गाआओ वइले चिनमा भएको व्यवसायिक विकासको बारेमा जानकरी गराउँदै उहाँले चिनमा एआइ, स्वसञ्चालित रोबटले गर्दा मानव स्रोत घटाउनुका साथै कम मूल्यमा उत्पादकत्व बढाउन सहयोग गरेको बताउनु भयो । उहाँले नेपालमा पनि चिनको प्रविधि सहित पोल्ट्री तथा पशुपन्छीका औषधी एवम् भ्याक्सीन उत्पादन गर्ने कम्पनी सञ्चालन गर्न मन लागेको बताउदै औषधी तथा भ्याक्सीन उपलब्धतामा सहजिकरण तथा सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. होम बहादुर बस्नेत र डा. रेवन्त कुमार भट्टराईले चितवनको पोल्ट्री क्षेत्रको विकास तथा अनुसन्धानका बारेमो चाइनिज व्यवसायीलाई जानकारी गराउनुभएको थियो ।कार्यक्रममा चिनका व्यवसायीहरुले चितवनका व्यवसायीहरुलाई चिनमा आमन्त्रणा गरेको थिए भने संघले चिनको औद्योगिक भ्रमण गर्न चाहाने व्यवसायीलाइ सहजिकरण गर्ने संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनु भयो ।

भेटघाट तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष दोय राजेन्द्र ओली, नारायण प्रधान, संघका कार्यसमिति सदस्य, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रतिनिधि, पोल्ट्री व्यवसायी, पशुपंछी औषधी व्यवसायीहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट