Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

स्काइराइडरका सौरभले ल्याए ३.९६ जिपिए

स्काइराइडरका सौरभले ल्याए ३.९६ जिपिए

रत्ननगर :  स्काइराइडर आवासीय माध्यमिक विद्यालय, रत्ननगरका विद्यार्थी सौरभ सुवेदीले कक्षा १२ को परीक्षामा जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् । उनले ३.९६ जिपिए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका हुन् । विद्यालयका अनुसार, कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले समग्रमा उत्कृष्ट नतिजा ल्याएका छन् ।

जसअनुसार, ३.६१ देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१ जना रहेको छ । यस्तै, ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या १७०, २.८१ देखि ३.२० जिपिए ल्याउने विद्यार्थीको संख्या ८१ र २.४१ देखि २.८० जिपिए ल्याउने विद्यार्थीको संख्या २८ रहेको छ।

विद्यालयले विद्यार्थीहरूको मिहिनत, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको सहयोगले यो सफलता सम्भव भएको बताएको छ । यो नतिजाले स्काइराइडर आवासीय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट