चितवन : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित गुरुकुल कलेजका विद्यार्थी असिम कँडेलले ३.९६ जिपिए ल्याएका छन । सोमबार साँझ प्रकाशित नतिजा अनुसार कँडेलेले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट (चितवन प्रथम) भएको दाबी कलेजको छ ।
कलेजका सहप्राचार्य जे एन लामिछानले अहिलेसम्म प्राप्त जानकारी अनुसार असिमले प्राप्त गरेको नतिजाले गुरुकुल कलेजका विद्यार्थी चितवनमै प्रथम भएको दाबी गर्नुभयो । यसवर्ष कलेजबाट ३ सय ३५ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । असिम विज्ञान संकायका विद्यार्थी हुन ।
गुरुकुल कलेज २०८० सालको परीक्षामा पनि चितवन जिल्ला प्रथम भएको थियो । शिक्षक विद्यार्थीको अथक मेहनत र परिश्रमले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक ढकालले बताउनुभयो । नयाँ व्यवस्थापनमा कलेज संचालनसंगै गुरुकुलले बर्षेनी उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij