रत्ननगर : रत्ननगर वडा नं ६ सौराहा स्थित दीगो फोहोर व्यवस्थापन तथा वाताबरण संरक्षण सहकारी संस्थाका दुई पदाधिकारी सहित चार जनाले पदबाट राजीनामा दिएका छन् । गत असार १४ गते सम्पन्न साधारण सभाबाट सर्वसम्मत निर्वाचित संस्थाका उपाध्यक्ष टीकाप्रसाद कँडेल, सचिव राममणि खनाल, सदस्य टीकाराम गिरी र लेखा समिति संयोजक हरिकृष्ण रेग्मीले राजीनामा दिएका हुन् ।
गत असार १४ गते सम्पन्न साधारण सभाबाट नवगठित समिति प्रति अविश्वास गरी बैठक पुस्तिका संस्थापक अध्यक्षको दवावमा निर्वतमान अध्यक्षले फिर्ता लगेको भन्दै उक्त कार्यले संस्थामा रहेर काम गर्ने बाताबरण विग्र्रिएको जनाउदै दूई पदाधिकारी सहित चार जनाले पदबाट राजीनामा दिएका हुन् । उनीहरुले सयुक्त राजीनामा पत्र संस्थाका अध्यक्ष रामकुमार अयाललाई बुझाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij