चितवन : चितवनमा काँग्रेसको अवस्था नाजुक रहेको भन्दै पार्टीका एक वडा सभापतिले केन्द्रीय सभापतिको ध्यानाकर्षण गराएका छन् । चितवन आएका सभापति शेर बहादुर देउवालाई भेटेर काँग्रेसका भरतपुर ७ का सभापति विनोद ढकालले पार्टीको अवस्था विग्रिएको जानकारी दिए।
सभापति देउवालाई भेट्ने अवसरमा चितवन कांग्रेसको अवस्था कमजोर भइरहेको जानकारी गराउदै सुधारका लागि आग्रह गरे ।पार्टी नेतृत्व सहित नेताहरुको कार्यशैलीप्रति लक्षित गर्दै सभापति देउवालाई उनले पार्टी सक्किएको भन्दै केन्द्रबाटै कदम चाल्न आग्रह गरेका छन् ।सभापति देउवासंगै भएका नेताहरु देखाउदै उनले भने ,‘ चितवनमा पार्टी सक्कियो । उहाँहरुलाई भन्नुपर्यो । ’ पछिल्लो समय चितवनमा कार्यकर्ताको असन्तुष्टीलाई केन्द्रीय सभापतिलाइभनेको वडा सभापति ढकालले बताए । भेटमा देउवाले ‘तपाईं पनि चितवन कांग्रेस होइन र ? ’ भन्ने प्रतिप्रश्न गर्दै भने , ‘ अब सबै सबै मिलेर सुधार गर्नुपर्यो । ’सभापति देउवा पार्टीका नेता स्वर्गिय पृथ्वीमान गुरुङ र स्वर्गिय चन्द्रकान्त बगालेको निधनमा शोक ब्यक्त गर्न चितवन आएका थिए। पछिल्लो समय पार्टीमा वेथिती बढेको भन्दै जिल्ला नेतृत्वको कार्यशैलीको कार्यकर्ताबाट आलोचना हुन थालेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij