रत्ननगर : बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवाली सम्मानित भएका छन्। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयद्वारा आयोजित बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमको अवसरमा ज्ञवालीलाई स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरिएको हो।
उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमाण पत्र सहित ज्ञवालीलाई सम्मान गरेका थिए । बागमती प्रदेश सरकारले डा. ज्ञवालीबाट स्वास्थ्य सेवामा थप प्रसंशनीय र उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij