Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमारलाई बालुवाटार बोलाइयो, पदबाट हटाउने तयारी

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमारलाई बालुवाटार बोलाइयो, पदबाट हटाउने तयारी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई चर्चित घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाइएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली झापा भ्रमणबाट फर्किएलगत्तै गुप्तालाई भेटवार्ताका लागि बोलाइएको हो ।

गुप्ताको छ महिनाअघि भएको भनिएको घुस लेनदेनसम्बन्धी अडियो र दस्तावेज हालै सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।पुस महिनामै घटेको भनिएको यो घटनाको अडियो केही दिनअघि बाहिरिएको हो, जसमा घुस बापत रकम र व्यक्ति चिनिने विवरण स्पष्ट रुपमा सुनिन्छ ।

विवादास्पद अडियो प्रकरणले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ। संसदीय बैंचमा गुप्ताको राजीनामाको माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले पनि ‘कारबाही प्रक्रिया अघि बढाउने’ संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट