Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बाढी पहिरोको सूचनाका लागि फोनमा सिधै घण्टी बज्ने प्रणाली बनाइँदै

बाढी पहिरोको सूचनाका लागि फोनमा सिधै घण्टी बज्ने प्रणाली बनाइँदै

काठमाडौँ : बाढी पहिरोको पूर्व सूचना सरकारले अब फोनमा एसएमएस नभई अब सिधै फोनको घण्टी बज्ने प्रणाली ल्याउन लागेको छ । आइतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले रसुवागढी बाढीको खोज उद्धार र पुनः निर्माणको विषयमा गरेको छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकले पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन एसएमएस नभई अब सिधै फोनको घण्टी बज्ने प्रणालीको विकास गर्न लागेको बताए । उनले विपद् व्यवस्थापनलाई दुई चरणमा विभाजन गरेर काम अघि बढाइएको बताए ।

उनले भने,‘ विपद् व्यवस्थापनको पहिलो र महत्त्वपूर्ण पाटो पूर्वतयारी भएको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने सरकारको तयारी छ । त्यसको लागि सबै निकायहरूसँग बारम्बार छलफल भइरहेको छ ।’गृहमन्त्री लेखकले मौसम सम्बन्धी पूर्वानुमानलाई आधार मानेर सम्भावित जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाउने काम भइरहेको बताए ।

तर, अब सरकारले सम्भावित जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाउने प्रणालीलाई अझै प्रभावकारी बनाउन अब सम्बन्धित क्षेत्रका नागरिकलाई सिधै फोनको घण्टी बज्ने प्रणाली विकास गर्न लागिएको छ । यसका लागि टेलिफोन सेवा प्रदायकहरूसँग छलफल भइसकेको उल्लेख गरे।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई देशैभरि उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको छ । विपद्को समयमा तत्काल खोज, उद्धार र राहतका लागि सुरक्षा निकायलाई स्रोतसाधनसहित तम्तयार अवस्थामा राखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट