Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा.प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएका हुन् ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट