Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माओवादीको प्रश्न : घुसको डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ?

माओवादीको प्रश्न : घुसको डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ?

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूका घुसका डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन भन्दै प्रश्न गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी सांसद दुर्गा राईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घूस डिल गरेको अडियो बाहिरिएकोबारे प्रश्न गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले म घुस पनि लिँदिन अरूलाई घूस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’

उनले घुस डिल प्रकरण सामान्य प्रशासन मन्त्रीको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विषय भएको बताइन् । कुनै मन्त्रीको विवाद भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय भएको उनको भनाई थियो ।

सांसद राईले सामान्य प्रशासन मन्त्रीको बारेमा त पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय लगायतमा पनि घुसको डिलबारे धेरै समाचार आउने गरेका बताइन् । उनले यस्ता घुसका डिल भएका अडियो सार्वजनिक भइरहँदा चुप लागेर बस्ने हो त भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरिन् ।

‘मन्त्रीजीहरूका घुसका डिल बाहिरिएपछि सरकारले एक्सन लिन पर्छ कि पर्दैन ? सरकारका मन्त्रीहरूले नैतिकता देखाउने कुरा त टाढाको कुरा बन्दैछ,’ सांसद राईले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले म घूस पनि लिँदिन अरूलाई घूस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ।’

मालपोतको कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीका उपाध्यक्ष बनाउन भूमिसुधार मन्त्रीसमेत जोडिएकोले सामान्य प्रशासन मन्त्री र भूमिसुधार मन्त्रीको बारेमा प्रधानमन्त्रीले सदनमा जवाफ दिन सभामुखको रुलिङको माग गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट