Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमालेले विभागहरूको संयुक्त भेला बोलायो

एमालेले विभागहरूको संयुक्त भेला बोलायो

काठमाडौँ : नेकपा (एमाले) ले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ । विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो ।

भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । एमालेमा ३२ वटा केन्द्रीय विभाग रहेका छन् ।

भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले यसअघि जनसङ्गठनहरूको भेला सम्पन्न गरेको थियो ।

साउन २ गते स्थायी कमिटी र ५ गते केन्द्रीय कमिटी बैठक गरेर विधान महाधिवेशनमा होमिने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट