Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पुराना दलले देश र जनताका समस्या हल गर्न सक्दैनन् भन्ने पुष्टि भइसक्यो : बाबुराम भट्टराई

पुराना दलले देश र जनताका समस्या हल गर्न सक्दैनन् भन्ने पुष्टि भइसक्यो : बाबुराम भट्टराई

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताको बागडोर सम्हालिरहेका प्रमुख दुई ठूला दलहरूबाट मुलुकका गम्भीर संरचनात्मक समस्याहरू समाधान हुने सम्भावना अब समाप्त भएको स्पष्ट रूपमा देखिएको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले विगत एक वर्षदेखि कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारबाट जनताले अपेक्षा गरेजस्तो नतिजा नपाएको उल्लेख गरे ।

“पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट संस्थागत भ्रष्टाचार, बेरोजगारी, परनिर्भरता, अल्पविकास, पर्यावरण विनाशजस्ता समस्याहरू समाधान हुन सक्दैन भन्ने कुरा अब व्यवहारमै प्रमाणित भइसकेको छ,” उनले लेखेका छन्।

तेस्रो ठूलो दलका ‘एकल सुप्रिमो’ को नेतृत्वमा पनि पटक–पटक सरकार चलेको तर त्यसले पनि संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो नमारेको भट्टराईको भनाइ छ।

“अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउँछ भन्ने निश्चित भइसक्यो,” भट्टराईले जोड दिए । उनले नयाँ शक्तिहरूले त्यसका लागि गम्भीर तयारी कसरी गर्ने र गर्नुपर्ने भन्नेबारे अब राजनीतिक विमर्श केन्द्रित हुनुपर्ने धारणा राखे।उनले सबै राजनीतिक दललाई “छातीमा हात राखेर ममः भन्ने” समय आएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट