Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँ महानगरपालिकाको बजेट आउँदै

काठमाडौँ महानगरपालिकाको बजेट आउँदै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउँदै छ । आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए । बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो ।

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट