काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको आरोप लगाएका छन् ।चीन भ्रमण सकाएर शनिबार स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग बोल्दै सो आरोप लगाएका हुन् ।उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैनन् भन्न आफूले नसक्ने स्पष्ट पारे । तर, लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनले आरोप लगाए ।
“मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र ! तर, रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महसुस छ,” उनले भने ।सहकारी ठगी प्रकरणमा अदालतको आदेशबाट लामिछाने हाल थुनामा रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij