Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

छोरेपाटन माविका वि.व्य.स. अध्यक्षमाथि कालोमोसो दलेर जनकारबाही

छोरेपाटन माविका वि.व्य.स. अध्यक्षमाथि कालोमोसो दलेर जनकारबाही

पोखरा : पोखराको छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ । विद्यालयको मुख्य आयस्रोत पातले छाँगो (डेभिज फल) लाई लामो समयसम्म निजी कम्पनीलाई ठेक्कामा दिने काममा भूमिका खेलेको भन्दै उनीमाथि शुक्रबार कालोमोसो दलिएको हो ।

सङ्गठनका संयोजक राजन साउदले विज्ञप्ति जारी गरी उक्त घटनाको जिम्मा लिएको बताएका छन् । पहारीले व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर करिब २२ सय विद्यार्थी अध्ययनरत विद्यालयलाई वार्षिक करोडौँको क्षति पुर्‍याएको आरोप लगाएका छन् ।

पातले छाँगो २०३५ देखि विद्यालयले भोगचलन गर्दै आएको थियो । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ३५ वर्षका लागि निजी कम्पनीलाई चलाउन दिने गरी सहमति गरेको छ । सम्झौताअनुसार महानगरले विद्यालयलाई वार्षिक ३ करोड रुपैयाँ दिनुपर्नेमा दुई किस्ता भुक्तानी रोक्दासमेत व्यवस्थापन समिति मौन बसेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिन बहुमतले चेतावनी दिएको छ । यस्तै, ठेक्का सम्झौता तत्काल रद्द गरी पातले छाँगो पुनः विद्यालयलाई हस्तान्तरण गर्न र ठेकेदार कम्पनी सेती क्यान्योन प्रालिलाई काम रोक्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट