Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठक सुरु

निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठक सुरु

काठमाडौँ : सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठक सुरु भएको छ । बुधबार सङ्घीय संसद् सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहल, सिंहदरबारमा बैठक सुरु भएको हो ।

सङ्घीय निजामती सेवा विधेयकमा भएको त्रुटि छानबिनका लागि नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइन्युट र विद्युतीय अभिलेख, अडियो भिडियो आदिसमेत भन्दा फरक अर्थ हुने गरी कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था उल्लेख भएको विषयमा अध्ययन तथा छानबिन गर्न सभामुख देवराज घिमिरेले सोमबार समिति गठन गरेका हुन्।

समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन्।

समितिलाई काम गर्न २१ दिनको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट