Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तत्काल रासायनिक मलको आपूर्ति गर्न एनपी साउदको माग

तत्काल रासायनिक मलको आपूर्ति गर्न एनपी साउदको माग

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले धान रोपाइँको समयमा किसानहरूले रासायनिक मल नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । संसद् बैठकमा बोल्दै उनले तत्काल आवश्यक मात्रामा मल उपलब्ध गराउन माग गरे ।

नेपालको कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत कृषिमा आश्रित रहेको र यसले अर्थतन्त्रमा २४ प्रतिशत योगदान दिएको तथ्य उल्लेख गर्दै नेता साउदले धानको रोपाइँ चलिरहेको बेला किसानहरूलाई आवश्यक मात्रामा समयमै मलखाद उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको बताए ।

जेठ महिनामै रोपाइँ सुरु हुने कञ्चनपुर लगायतका जिल्लामा समयमा मल नपुग्दा किसानहरूको ठूलो लगानी, परिश्रम र आशामा तुसारापात भएको बताए । ‘यसले हाम्रो वर्षभरिकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति जोखिममा पर्ने देखिन्छ,’ उनले भने, ‘कृषिप्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैँमा एउटा विडम्बना हो ।’

दीर्घकालीन रूपमा विद्युत् निर्यात भन्दा कुनै ठुलो विद्युत् परियोजनालाई समर्पित गरेर मल कारखानाको स्थापनाबाट सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र बाह्य निर्यात प्रवर्द्धन गर्न सकिने बताए ।

सरकारलाई अल्पकालीन र तत्काल समाधानका लागि आग्रह गरे । ‘सरकारले अल्पकालीन रूपमा पनि समयमै कृषकहरूका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मल खाद उपलब्ध गराएर आपूर्ति चक्रलाई नियमित, व्यवस्थित र दिगो बनाउन क्रियाशील हुन सम्माननीय सभामुखज्यूमार्फत सरकारसँग जोडदार माग गर्दछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट