काठमाडौं : चीनतर्फबाट आएको बाढीले रसुवामा पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् ।मंगलबार बिहान आएको बाढीका कारण रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।बालुवाटार स्रोतका प्रधानमन्त्री ओली बालुवाटारबाटै उड्ने छन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल अर्को हेलिकोप्टरमा जाने भएका छन् ।
बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् ।नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij