काठमाडौँ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी र राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलबिच छलफल भएको छ । सिंहदरबारस्थित आयोग कार्यकक्षमा उनीहरूबिच मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी भएको हो । आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकको पूर्वसन्ध्या तथा नेपाल राष्ट्र बैङ्कको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका आयोगमा छलफल भएको हो ।
छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष अधिकारीले विद्यमान कार्य पद्धति र आर्थिक मोडेलका बारेमा बहस गर्ने बेला आएको बताए । उनले कतिपय गौरवका आयोजनाहरूलाई २ वर्षभित्रै बनाउन सकिने धारणा राख्दै अहिले सही समय र पर्याप्त स्रोत पनि भएको हुँदा राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुरा गरेर देशलाई धेरै अगाडी बढाउन सकिने दाबी गरे । उनले विकास मोडललाई एक अर्कामा जोडन समेत आवश्यक रहेको बताए । उपाध्यक्ष अधिकारीले प्रत्यक्ष आन्तरिक लगानीलाई कम प्रयोग गरिएको भन्दै अबका दिनमा यसलाई प्राथमिकता दिन समेत राष्ट्र बैँकलाई सुझाव दिए ।
छलफलमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले अनुत्पादक क्षेत्रमा लगानी भन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्ने बताए । उनले आर्थिक चलायमान भएको देश ग्रे लिस्टमा पर्नु दुर्भाग्य भएको बताउँदै त्यसबाट बाहिर निस्कन राष्ट्र बैङ्कले पनि आफ्नो तर्फबाट मेहनत गरिरहेको बताए । गभर्नर डा. पौडेलले योजना आयोगले राखेको छलफलको विशेष महत्त्व हुने समेत बताए ।
छलफलमा योजना आयोगका सदस्यहरूले लघुवित्त र सहकारीहरूलाई सुधार गरेर चलायमान बनाउनुपर्ने जसबाट आर्थिक चक्रलाई असर पारेको, कृषि क्षेत्रमा ऋण सहुलियत हुनुपर्ने, दीर्घकालीन कार्य योजना सहित आर्थिक विकास मात्र नभई सामाजिक–आर्थिक विकासलाई जोड्दिनुपर्ने, बैङ्कका शाखा विस्तार गर्ने नीति दुर्गममा आवश्यकता र सहरमा ओभर क्राउडेड भएको, आर्थिक चुनौती सँगै एनपीएयोजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबिच छलफलल बढिरहेको, निजी क्षेत्रहरूले ब्याजदर कम हुँदा कुनै योजना नबनाउने तर व्याज दर बढी भएमा लगानी गर्न पाएनौ भनी गुनासो गर्ने प्रवृत्ति रहेको र आम नागरिकमा वित्तीय साक्षरताको आवश्यक रहेको बताउँदै आगामी नीतिमा त्यस्ता विषयलाई समेट्नुपर्ने सुझाव समेत दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij