काठमाडौँ : नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले सर्वोच्च अदालतले दिएको आदेशको बर्खिलाप हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले नाटकीय रूपमा हस्ताक्षर अभियान चलाइरहेको बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीको रकम ठगीको आरोपमा थुनामा रहेका रवि लामिछानेको नाम नलिई सर्वोच्च अदालतले दिएको आदेशको बर्खिलापमा १५ पेजको याचना पत्रसहित हस्ताक्षर अभियान जारी राखिएको बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले भने, ‘सर्वोच्च अदालतले कागजातका आधारमा फैसला गर्छ । त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन । सर्वोच्च, उच्च र जिल्ला अदालतमा आधा दर्जन बढी मुद्दा छन् । ती मुद्दाको विरुद्धमा हस्ताक्षर सङ्कलन गर्दै राजनीतिक प्रोपोकाण्डा र प्रचार गरिएको छ ।’
उनले अदालतको फैसलामा कसरी राजनीतिक प्रतिशोध हुन्छ भनेर प्रश्न पनि गरे । आफूसमेत संलग्न संसदीय विशेष छानबिनले छानबिन गर्न दिएको आदेशमा छानबिन भएर दायर भएको मुद्दामा अदालतले गरेको फैसलाको बर्खिलापमा हस्ताक्षर सङ्कलन भइरहेको भन्दै आपत्ति जनाए ।
हस्ताक्षर अभियानले न्यायालयको गरिमामाथि प्रश्न उठाउने र अवहेलना गर्ने काम गरिरहेको थापाको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij