Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘मदन भण्डारी स्मृति दिवस’ को अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्दै पूर्वराष्ट्रपति भण्डारी

‘मदन भण्डारी स्मृति दिवस’ को अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘मदन भण्डारी स्मृति दिवस’ को अवसर पारेर सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने तयारी गरेकी छन् ।भोलि (शनिबार) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको ‘मदन भण्डारी स्मृति दिवस’ को अवसरमा मदन भण्डारीकी पत्नी विद्याले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्न लागेको बताइएको छ ।

भण्डारीले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेको स्रोत बताउँछ ।भण्डारी राष्ट्रपतिको पदबाट हटेसँगै एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा थियो ।

पछिल्लो पटक प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र भण्डारीबीच असार ५ गते साँझ भेटवार्ता भयो। उक्त भेटमा भण्डारीले ओलीलाई पार्टी नेतृत्वमा समर्थनका लागि आह्वान गरेकी थिइन्।

ओलीको जवाफ स्पष्ट रूपमा  सार्वजनिक भएको छैन । तर, ‘ओलीले आफू  जवान नै रहेको भन्दै अझै २० वर्ष नेतृत्वमा रहने  सक्ने’ लगायतका अभिव्यक्ति दिँदै आएका छन्।राजनीतिमा सक्रिय हुने मात्रै होइन, पार्टी नेतृत्वमै पुग्ने चाहना राखेकी पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिस्तारै चुनौती दिइरहेकी छन्।

एमालेका पादधिकारीहरुले पनि भण्डारीलाई पार्टीमा ल्याउन चाहिरहेका छन् । चीन भ्रमणबाट फर्केपछि कोसी प्रदेश पुगेकी भण्डारीले एमाले नेता–कार्यकर्ताहरूसँग भेट गरेकी थिइन्।एमाले नेताको हैसियतमा भण्डारी चीन भ्रमणमा पुगेकी थिइन्। चीनमा उनले एमाले नेताको हैसियतमै आफ्ना धारणा राखेकी थिइन्।

उनले चिनियाँ नेताहरूसँग मदन भण्डारीको जनताको बहुदलीय जनवादबारे धारणा राखेकी थिइन्। भण्डारीले पूर्वी नेपालका जिल्ला पुगेर नेता–कार्यकर्तासँग भेट गरिरहेका बेला यता काठमाडौंमा ओलीले तीव्र असन्तुष्टि पोखेका थिए।

यता, ओलीले भने पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिएका थिए ।ओलीले पूर्व राष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिएपछि फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट