Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लुम्बिनी प्रदेश : नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

लुम्बिनी प्रदेश : नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल : लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सङ्घीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएसँगै लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री चेतनारायण आर्चायलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्म बहादुर चौधरीले अहिले पार्टीले समर्थन फिर्ता लिएको पत्र इमेल मार्फत मुख्यमन्त्रीलाई पठाएको बताए ।

उनले भने,'हामीले समर्थन फिर्ता लिएका छाैँ,इमेल मार्फत मुख्यमन्त्रीलाई पत्र पनि पठाएका छाैँ ।' नागरिक उन्मुक्तिबाट लुम्बिनी प्रदेशमा ४ जना सांसद् छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपनि कांग्रेस एमालेको गठबन्धन सरकारलाई बहुमत पुग्न समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट