Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेताहरूको रगतमै भ्रष्टाचार छ : सांसद कार्की

नेताहरूको रगतमै भ्रष्टाचार छ : सांसद कार्की

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छिन् । आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरू व्याप्त भइसकेको उनले बताइन् ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट