Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

युवाहरूलाई साथमा लिएर क्रान्तिका लक्ष्यतर्फ अघि बढ्छु : प्रचण्ड

युवाहरूलाई साथमा लिएर क्रान्तिका लक्ष्यतर्फ अघि बढ्छु : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई साथमा लिएर क्रान्तिका लक्ष्यतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले माओवादी क्रान्तिको इतिहासमा युवाहरू र संगीतको भूमिकालाई स्मरण गर्दै, भूमिगत अवस्थामा क्रान्तिको तयारीका क्रममा भाषण र सिद्धान्तभन्दा गीत र संगीतले जनतालाई उत्साहित गर्न महत्वपूर्ण योगदान गरेको बताए ।उनले आगामी निर्वाचनमा पनि संगीतले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, युवालाई केन्द्रमा राखेर पार्टीको संघर्षलाई अझ सशक्त बनाउने आशय व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट