Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पक्राउ पुर्जीपछि जसपा नेता यादव बेपत्ता, हजार प्रहरी खटिए पनि फेला परेनन्

पक्राउ पुर्जीपछि जसपा नेता यादव बेपत्ता, हजार प्रहरी खटिए पनि फेला परेनन्

सर्लाही : सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग भएको विवादपछि प्रहरीले पक्राउ पुर्जी जारी गराएको जसपा नेपाल मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

बिहीबार राति भएको विवादका क्रममा सरकारी सवारी साधनमा तोडफोड गराइएको आरोपमा सर्लाही जिल्ला अदालतबाट शुक्रबार यादवको नाममा पक्राउ पुर्जी जारी गरिएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक हजारभन्दा बढी प्रहरी परिचालन गरेर पनि उनलाई नियन्त्रणमा लिन सकेको छैन ।

विवादको कारण राति पूर्वाधार कार्यालयबाट चेक काट्ने काम भएको विषयमा एसपी खड्का र नेता यादवबीच भनाभन भएको थियो । यादवले प्रहरी प्रमुख खड्कामाथि कमिसनमा रातिको समयमा सुरक्षाकर्मी पठाएको आरोप लगाएका थिए । खड्काले भने फोनमार्फत सुरक्षा आग्रह आएपछि नियमअनुसार प्रहरी पठाइएको दाबी गरेका छन् ।

यता, सरकारी सवारी साधनमा तोडफोड भएको घटनालाई लिएर प्रहरीले यसलाई गम्भीर सुरक्षापरिस्थितिका रूपमा लिएको छ । यादवलाई पक्राउ गर्न जिल्लाका सम्पूर्ण प्रहरी युनिटलाई सचेत अवस्थामा राखिएको छ ।

स्रोतका अनुसार यादवको मोबाइल स्विच अफ अवस्थामा रहेको छ भने उनको सम्भावित बासस्थानहरूमा निगरानी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट