Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ

धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ

धरान : धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको छ। मेयर हर्कराज राई (साम्पाङ) ले एक योजनाको भुक्तानी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण मागेका छन् ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै करिब दुई महिनाअघि सम्पन्न भएको योजनाको भुक्तानी हालसम्म रोकिनुको कारण माग गरेका हुन् । पत्रअनुसार, धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन लगाइएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएकोमा साम्पाङले प्रश्न उठाएका हुन् ।

मेयर साम्पाङले पत्रमा आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाउनुभएका छन् ।यस निर्देशनले उपमहानगरपालिकाको निर्वाचित जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबिच समन्वयको अभाव रहेको सङ्केत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट