काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा भएको शंकास्पद हेरफेरबारे गम्भीर आपत्ति जनाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति गठनको सिफारिस गरेको छ ।बुधबार बसेको समितिको बैठकले सभामुखमार्फत संघीय संसदबाट औपचारिक छानबिनको प्रक्रिया अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले बैठकपछि जानकारी दिँदै भने, ‘उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुराशयपूर्ण देखिएको हुँदा उक्त कार्यमा को–को व्यक्तिको के–कति गल्ती वा अपराध भएको हो, त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन हुने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गरिएको छ।’
कुलिङ अफ पिरियडसम्बन्धी विवादास्पद व्यवस्थामा समितिको निर्णयविपरीत प्रतिवेदनमा हेरफेर गरिएको आरोपको सन्दर्भमा बुँदा नं. ४३ लाई लक्ष्य गरेर संशोधन गर्न माग गरेको छ। सो सन्दर्भमा समितिले राष्ट्रियसभालाई औपचारिक अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij