काठमाडौं : ए.ई.ई.मा ४ जिपिए ल्याएकी देवयानी गौतम भन्छिन्– ‘यस पटक वि.सं २०८१ सालको एस.ई.ई नतिजालाई वि.स २०८० सालको नतिजासँग दाजेर सस्तो राजनीति नगर्नुहुन हामी सबैका प्रिय सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूलाई अनुरोध गर्न चाहन्छु ।’ उनले अगाडि भनिन्, ‘म वि.स. २०८१ सालमा एस.ई.ई परीक्षा दिएर जि.पि.ए. ४ ल्याउन सफल विद्यार्थी मध्य एक हुँ र मैले २०८० र २०८१ दुबै सालका प्रश्नपत्र राम्ररी अध्ययन समेत गरेकी छु । तुलनात्मक रुपमा वि.स. २०८० को प्रश्नपत्र भन्दा २०८१ सालको प्रश्न पत्र निकै नै सजिलो थियो ।’
‘कुनै विषयको परीक्षामा त २०८० सालकै प्रश्नहरू दाहोराइएको पनि पाइयो । प्रश्नपत्र सजिलो काट्दैमा र परीक्षा केन्द्रमा विद्यार्थीलाई खुल्लम खुल्ला चोरेर लेख्न दिंदैमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउने होइन ।’ देवयानी गौतमले अगाडि भनिन्, ‘त्यो देखावटी सुधार मात्र हो, सम्माननीय केपी ओलि ज्यू । तपाईले शिक्षामा सुधार गर्ने प्रयत्न गर्नु भयो होला तर तपाईको प्रयासलाई सफल मान्न सकि“दैन । यो एक गम्भीर समस्या हो । तपाईकै पुरानो टालटुले शैलीले यो समस्या समाधान हुन सक्दैन । यस विषयप्रति सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण होस् ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij