Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

यो त्रुटि नभई बदमासी हो : पाण्डे

यो त्रुटि नभई बदमासी हो : पाण्डे

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरूको स्तर गिरेको बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले यो त्रुटि नभई बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

उनले भने, ‘यो त्रुटि हो की बदमासी हो ? षड्यन्त्र हो । यो के हो । सचिवज्यूसँग सोध्दा त्रुटि भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरू कतैबाट गाइड भएर पठाउनुभयो की समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानबिन हुन जरुरी छ । यो छानबिन भएन गम्भीर समस्या ल्याउँछ ।’

उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए । जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको बताए । उनले भने, ‘अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन् । त्यसै पास भन्दा रहेछन् । यी भेडा बाख्रा जस्ता रहेछन् । हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो अहिले । हाम्रो विश्वसनीयतामा अत्यन्तै ठुलो ह्रास आएको छ । हामी अविश्वासी भएका छौँ ।’

उनले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए । संलग्नहरूले कारबाही भोग्नुपर्ने बताए । सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट