Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएन’

‘कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएन’

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभई षड्यन्त्र भएको बताएका हुन्।

उनले भने, ‘कुलिङको विषयवस्तु आजको होइन । छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ । मुख्यसचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौँ । मैले हरेक दिनको बैठकमा यहाँहरूको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु ।’

उनले देशलाई सपार्ने हो भने आफ्नो नभई नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए । नजानेर त्रुटि भएर भन्ने कुरा नरहेको भन्दै यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने बताए । उनले भने, ‘यसमा कोको सहभागी भएका छन्, यसको छानबिन हुनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरूलाई नदिइएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट