काठमाडौं : नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो ।
गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।झाँक्रीले बुटवलमा असार १५ गते आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै अभिव्यक्ति दिएकी थिइन्।
‘कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन’ उनले भनेकी थिइन्।पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij