Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बागमती प्रदेश सभा बैठक सर्‍यो

बागमती प्रदेश सभा बैठक सर्‍यो

मकवानपुर : बागमती प्रदेश सभाको १ बजेका लागि बोलाइएको बैठक सरेको छ । बागमती प्रदेश सरकारले गत १ गते ल्याएको बजेटमाथि छलफलका गर्न बोलाइएको प्रदेश सभा बैठक आजै ४ बाजे बस्ने गरी सारिएको हो ।

बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो ।

प्रदेश सभाको अर्को बैठक आजै १६ गते दिउँसो १ बजे बस्ने छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट