Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आज पनि संसद्‌मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

आज पनि संसद्‌मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।

राप्रपा सांसदहरू भने बहिष्कार गर्दै बैठक छाडेर निस्किएका छन् । यसैबीच आज पनि रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि भन्दै सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएको छ ।

यद्यपि उक्त समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले अवरोध गरिरहेका हुन् । यसअघि सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई आग्रह गरेका थिए ।

आइतबार नयाँ वानेश्वरस्थित आफ्नै सभाकक्षमा प्रमुख पाँच राजनतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले यस्तो आग्रह गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई आह्वान गरेका हुन् । सभामुखले भनेका थिए–‘महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो भएन ।’ निजामति विधेयक, शिक्षा विधेयक जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन आवश्यक रहेको पनि सभामुख घिमिरेले बताए ।

आइतबार प्रतिनिधि सभाबाट निजामती सेवा विधेयक पास गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट