Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

त्रिभुवन विश्वविद्यालयमा योग्य उपकुलपति नियुक्त गर्न नेविसंघको माग

त्रिभुवन विश्वविद्यालयमा योग्य उपकुलपति नियुक्त गर्न नेविसंघको माग

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यताको आधारमा नियुक्त गर्न माग गरेको छ। हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गरेको हो।

अध्यक्ष दुजाङ शेर्पाले एक परिपत्र लेख्दै विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले ऐन विपरीत विनियम, निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेको विषयमा समेत आपत्ति जनाए । नेपालको संसदीय समितिमा छलफलको विषय बन्नु लज्जास्पद रहेको भनिएको छ।

नेपाल विद्यार्थी संघले पटक–पटक सञ्चालन गरेका शैक्षिक आन्दोलन तथा अभियानहरूको उपलब्धिका रूपमा २०८० मा तयार गरिएको “उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि” लाई लत्त्याउँदै, पुनः दलीय भागबण्डाका आधारमा नियुक्ति गर्ने षड्यन्त्र भएको गम्भीर आशंका व्यक्त गरिएको छ। उक्त कार्यविधिमा रहेका छिद्रहरूलाई सुधार गरी योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुनु पर्ने माग गरिएको छ।

नेपाल विद्यार्थी संघले स्पष्ट संकेतका आधारमा राजनीतिक भागबन्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्तिमा केन्द्रित अभ्यासको विरोध गर्दै, यस प्रकारको अपारदर्शी, गैर(प्राज्ञिक र स्वार्थप्रेरित अभ्यासविरुद्ध विविध अभियान सञ्चालनका लागि मातहत निकायहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट