Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विद्यालय शिक्षा विधेयकमा एसईई : के भन्छन् सांसदहरू ?

विद्यालय शिक्षा विधेयकमा एसईई : के भन्छन् सांसदहरू ?

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारे उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल जारी छ । आज पनि समिति कार्यकक्षमा सो विधेयकका विभिन्न विषयमाथि छलफल भइरहेको हो । छलफलमा भाग लिएका सांदसहरूले एसईई राख्ने वा नराख्ने भन्नेबारे आ–आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् ।

एमाले सांसद विद्या भट्टराई र माओवादी सांसद रेखा शर्माले एसईई प्रदेशमा राख्नुको स्पष्ट धारण माग गरेका छन् । त्यस्तै, रास्वा सांसद सुमना श्रेष्ठले पनि एसईई हटाउने हो भने प्रणाली व्यवस्थित हुनुपर्ने बताइन् । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रश्न गरे, एसईई काट्ने् हो भने उनीहरुको परक्षिण कसरी हुन्छ ? हामी गलत बाटोमा जानु हुँदैन ।’

उनले संविधानमा तीन तह भने पनि परीक्षा नलिने भन्ने उल्लेख नगरिएको भन्दै केन्द्रबाटै परीक्षा लिनुपर्ने बताए । ‘सुधार छ कि कमजोर छ कि थाहा हुन्छ । सामुदायिक विद्यालय कस्तो छ भन्ने थाहा हुन्छ । परीक्षा त केन्द्रबाट गरे पनि हुन्छ । परीक्षा राख्दा के टाउको दुख्छ ?,’ भण्डारीले प्रश्न गरे ।

अर्का सांसद महेन्द्र राय यादवले उपसमितिबाट नराखेको विषय किन राखेको भनदै प्रश्न गरे । ‘९ देखि १२ सम्म माधयमिक हो भने किन ? राख्नु ? उपसमितिबाट भएको कुरा नयाँ विषय किन राख्नु ?,’ उनको प्रश्न थियो ।

एमाले सांसद दिपा शर्माले सेमेस्टर प्रणाली सुरु भइरहेको बेला विद्यालयमा एसईई प्रदेशसंग जोड्नको लागि भए पनि प्रदेशबाट गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट