काठमाडौं : आज जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव । यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही कार्यक्रममा सहभागी हुन पुगेका छन् ।
पछिल्लो पटक नेकपा एमाले वृत्तमा पूर्वराष्ट्रपति भण्डारीको सक्रियताप्रति चर्चा व्यापक छ । सोही चर्चाकाबीच उनीहरू दुवै जना सहभागी यो कार्यक्रमलाई महत्त्वका साथ हेरिएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेता कार्यकर्ताहरू पनि कार्यक्रममा सरिक हुन पुगेका छन् ।
तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij